कर्णाली पुलबाट हाम फालेर महिला बेपत्ता

धनगढी : कैलालीको कर्णाली-चिसापानी पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन् ।

Dhangadhi_Tihar 2083

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार नाम, थर र बतन नखुलेकी अन्दाजी ४०/४५ वर्षीय महिलाले पुलबाट हाम फालेर बेपत्ता भएकी हुन्।

कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानी कर्णाली पुलबाट महिलाले हाम फालेपछि स्थानीयले प्रहरीमा खरब गरेका थिए ।

पाँच जना प्रहरीको टोलीले उनको खोजी गर्दै छ, तर महिलाको अवस्थाका बारेमा केही खुलेको छैन ।

Loading...