धनगढी : अखिल क्रान्तिकारी बिद्यार्थी सगंठन सुदुरपश्चिम प्रदेश समितिको दोश्रो सम्मेलन भदौ २४ र २५ गते हुने भएको छ ।
“सबिंधान कार्यान्वयन र समाजवादी शिक्षाको पक्षमा हाम्रो आन्दोलन, सुदृढ समाज निर्माणका लागी दोश्रो प्रदेश सम्मेलन” मुल नाराका साथ अखिल क्रान्तीकारीले प्रदेशको दोश्रो सम्मेलन गर्न लागेको हो ।
आज नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटिको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सगंठनले दोश्रो सम्मेलन बारे जानकारी दिएको हो । क्रान्तीकारीका सुदुरपश्चिम प्रदेश अध्यक्ष दिपक डिसिले दोश्रो सम्मेलनको तयारी स्वरुप बिभिन्न उप समिति समेत गठन गरिसकेको बताए ।
भदौ २४ र २५ गते कैलालीको अत्तरिया स्थित नमस्ते हलमा सम्मेलन शुरु हुने बताएका छन् । सगंठनका केन्द्रिय अध्यक्ष, पार्टी प्रदेशका पदाधिकारी लगायत सम्मेलनको बक्ता रहने बताईएको छ ।
दोश्रो सम्मेलनको लोगो समेत सार्वजनिक गरि सकिएको छ। प्रत्येक जिल्ला, पालिका, क्याम्पस इकाई कमिटि, सामुदायिक बिद्यालय, प्राबिधिक क्याम्पस लगायतबाट २ सय ७२ जना प्रतिनिधि आउने प्रदेश अध्यक्ष डिसिले बताए ।
दोश्रो सम्मेलनपछि ५१ देखी ९९ जनाको बिचमा प्रदेश कमिटि बन्ने बताइएको छ ।