कैलाली र कञ्चनपुरमा दुईजना मृत फेला

धनगढी : कैलाली र कञ्चनपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका-२ महालक्ष्मी विकास बैंक नजिकै आज बिहान राजेश श्रेष्ठको तीन तले घरको तेस्रो तलामा पहिचान नखुलेका एक जना मृत अवस्थामा फेला परेका हुन् ।

Dhangadhi_Tihar 2083

एक बर्षदेखि कोठा गरी बसेका तर पहिचान नखुलेका करिब ६२ वर्षीय पुरुष आफु सुत्ने कोठामा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ। लेखराज जोशीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोपालबहादुर कार्कीको कमाण्डमा ५ जना र थप अनुसन्धानको लागि प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा एसओसीओसहित प्रहरी टोली खटिएको थियो ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-११ चौकीसत्ता स्थित दश गजामा क्षेत्रमा भीमदत्त-५ शुकासालका ७१ वर्षीय श्यामु दमाइ मृत फेला परेका छन् । उनी जमेको पानीमा मृत्त अवस्थामा फेला परेका परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...