अत्तरिया : कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-८ जोनापुरका दिल बहादुर चौधरी लागुऔषधसहित पक्राउ परेका हुन ।
उनको घरबाटै २९० मिलिग्राम लागुऔषध र घर बाहिर राखेको प्लाष्टिकको बोरामा २ किलो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।