कञ्चनपुर : कञ्चनपुरमा एक युवकको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका-७ परासन स्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीय जन्तरी रानाको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।
सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डिएसपी जोशीले जानकारी दिए ।
