रातो नम्बर प्लेटका गाडिहरुले यात्रु बोक्न थालेपछि कैलालीका यातायात व्यवसायी आन्दोलित

अत्तरिया : सुदुरपश्चिमको कैलालीबाट पहाडी जिल्लामा सञ्चालन हुने रातो नम्बर प्लेटका गाडिहरुले यात्रु बोक्न थालेपछि यातायात व्यवसायी आन्दोलित भएका छन् । बिभिन्न यातायात प्रालिका व्यवसायीहरुले शुक्रबारबाट रातो नम्बर प्लेटका मापदण्ड विपरित अनुमति बिना सञ्चालनमा आएका गाडिहरुले यात्रु बोक्न थालेपछि आफुहरु मारमा परेको भन्दै आन्दोलन शुरु गरेका हुन् ।

पहाडी रुटहरुमा चल्ने रातो नम्बर प्लेटका गाडीहरुले गैरकानुनी रुपमा यात्रुहरु ओसारपसार गरी सार्बजनिक यात्रुबाहक बसहरुलाई सेवा संचालन गर्न निकै कठिनाई भईरहेको यातायात व्यवसायीहरुले बताएका छन् । उनिहरुले आज पनि बिहानैबाट गोदावरीका मोडहरुमा गएर पहाडि रुटमा सञ्चालन हुने रातो नम्बर प्लेटका गाडीहरु नियन्त्रणमा लिएर ट्राफिकलाई बुझाएको बताएका छन् ।

सुदुरपश्चिम यातायात प्रालिका व्यवसायी तथा अछाम बाजुरा संयुक्त यातायात व्यवसायी संयोजक बिक्रम स्वाँरले रातो नम्बर प्लेटका मापदण्ड विपरित अनुमति बिना सञ्चालनमा आएका सवारी साधनहरुले यात्रु ओसार पोसार गर्दा बस व्यवसायीहरु मारमा परेकाले त्यसलाई रोक्न आन्दोलन गर्नुपरेको बताए । उनले सबै यातायात प्रालिका व्यवसायीहरु संयुक्त रुपमा लागेर मापदण्ड विपरित सञ्चालनमा आएका गाडिहरुलाई नियन्त्रणमा लिएर प्रसासन र ट्राफिकलाई बुझाएर नियम अनुसार कार्बाहीको लागि माग गरिएको बताए । पछिल्लो समयमा बिद्युतिय गाडीहरु सञ्चालनमा आएकाले धेरै जसो गाडिहरुले मापदण्ड विपरित सञ्चालन गरिरहेको बताउदै उनले शुक्रबार २२ ओटा बिद्युतिय गाडि र जिपहरु नियन्त्रणमा ल्याएको बताएका छन् ।

यस्तै कर्णाली रिभरसाईडका यातायात व्यवसायी प्रेम बहादुर बटालाले बैंकबाट ऋण निकालेर मापदण्ड आफुहरुले गाडि सञ्चालन गरिरहेको तर अरुले बिना रुट परमिट, बिना मापदण्डका धेरै गाडी सञ्चालन गरिरहेकाले मारमा परेको बताए ।

सुदुरपश्चिम यातायात प्रालिका कर्मचारी मिन बहादुर रोकायाले रातो नम्बर प्लेटका गाडीहरुसंग कागजातहरु नभएका र मापदण्ड विपरित सञ्चालन भएकाले भोलिका दिनमा दुर्घटना हुदा निकै जोखिम हुने बताए । उनले यातायात प्रालिका सबै व्यवसायीहरु मिलेर रातो नम्बर प्लेटका गाडीहरुलाई रोकेर सम्बन्धित निकायमा बुझाईरहेको बताएका छन् ।

उग्रतारा यातायात व्यवसायी समितीका व्यवसायी हरि प्रसाद भट्टले रातो नम्बर प्लेटका गाडीहरुलाई सञ्चालनमा रोक लगाउन सबै यातायात व्यवसायी लागिपरेको बताए । उनले कालो नम्बर प्लेट बनाएर सञ्चालनमा नल्याए सम्म रातो नम्बर प्लेटका गाडिहरुलाई यात्रु बोक्न नदिने बताए ।

यस्तै सुदुरपश्चिम यातायात प्रालि अत्तरियाका ईन्चार्ज पदम कुमार श्रेष्ठले रातो नम्बर प्लेटका रुट परमिट बिना र कागजात नभएका गाडीहरुले बसपार्कबाट यात्रुहरु बोक्ने गरेकाले उनिहरुलाई रोक्न यातायात व्यवसायीहरु अग्रसर रहेको बताए । उनले अहिले सञ्चालनमा आएका नयाँ गाडिहरुको मापदण्ड र कागजात नभएरै सञ्चालन गरिरहेका तर पुराना मापदण्ड भएका गाडिहरु मारमा परिरहेकाले कालो नम्बर प्लेट नहुदा सम्म यात्रु बोक्न नदिने बताएका छन् ।

गुँरास यातायात प्रालिका तेज सिंह ठगुन्नाले बिगत दुई बर्षदेखीनै बिना कागजातका रुट परमिट नलिएर गाडिहरु चल्ने गरेको बताए । उनले सम्बन्धित निकायले यसमा ध्यान नदिदा अन्य यातायात व्यवसायीहरु मारको परिरहेका बताएका छन् ।

पछिल्लो समयमा बिद्युतिय सवारीसाधनहरु बढ्दै गएका तर मापदण्ड विपरित सञ्चालन भईरहेकाले यिनिहरुलाई रोक्न यातायात व्यवसायीहरुले सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताएका छन् ।

Deep Jyoti Pustak psl
Loading...