डोटीको आदर्शमा पहिरोमा परेर एक महिलाको मृत्यु

डोटी : डोटीमा पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।

जिल्लाको आदर्श गाउँपालिका-३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको छ । सोहि ठाउँकी अन्दाजी १२ वर्षीया भुवनेश्वरी ऐर घाइते भएकी छन् ।

मृतक कौमती देवी नातिनीसहित आफ्नो घरबाट आदर्श गाउँपालिका-६ सौकल्लामा माइति घर जाँदै थिइन् । उनिहरु आदर्श गाउँपालिका-३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

Loading...