अत्तरिया : गोदावरी आविष्कार केन्द्रले सनलाइट पब्लिक स्कूलसँग स्टेम शिक्षा सम्झौता गरेको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित प्रवर्द्धन गर्ने उद्देश्यले बिद्यालयमा एक वर्षका लागि सम्झौता गरेको हो ।

बिहीबार बिद्यालयका प्रधानाध्यापक अक्कल रोकाया र गोदावरी आविष्कार केन्द्रका प्रतिनिधि किरण भट्टले सम्झौता गरेका हुन् ।
यस सम्झौताले विद्यालयका विद्यार्थीहरूलाई व्यावहारिक शिक्षामा जोड दिँदै भविष्यका प्राविधिक चुनौतीहरू सामना गर्न सशक्त बनाउने लक्ष्य रहेको गोदावरी आविष्कार केन्द्रका प्रतिनिधि किरण भट्टले बताए । सम्झौताअनुसार, गोदावरी आविष्कार केन्द्रले स्टेम शिक्षाका विभिन्न विधाहरूमा तालिम, प्रयोगात्मक गतिविधि र प्रोजेक्ट-आधारित सिकाइका अवसरहरू प्रदान उनले बताए । यसले विद्यार्थीहरूलाई सिर्जनात्मकता, समस्या समाधान क्षमता, र प्राविधिक ज्ञानमा अभिवृद्धि गर्न मद्दत गर्ने उनको भनाई छ ।
बिद्यालयका प्रधानाध्यापक अक्कल रोकायाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सधैं प्रतिबद्ध रहेको बताउदै स्टेम शिक्षाको समावेशले उनीहरूको शैक्षिक अनुभवलाई अझ समृद्ध बनाउनेमा अशावादी रहेको बताए । स्टेम शिक्षा वर्तमान समयको एक महत्वपूर्ण शैक्षिक पद्धति भएको र यसले विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्याहरूलाई समाधान गर्ने क्षमता विकास गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
