कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलालीमा एक जना घाइते

कञ्चनपुर : साउण्ड बक्स मर्मत गर्ने क्रममा कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका-५ धरमपुर बस्ने १८ वर्षीय हविल डगौराको मृत्यु भएको हो ।

डगौराको साउण्ड बक्स मर्मत गर्ने क्रममा करेन्ट लागेर आइतवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै कैलालीको गौरीगंगामा विद्युतीय तारबाट करेन्ट लागेर एक जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका-१ चौमालाका २० वर्षीय आदित्य चौधरी करेन्ट लागेर घाइते भएका हुन् ।

चौधरीलाई नुहाएर आउनेक्रममा सोहि ठाउँको मौवारी सामुदायिक वनमा छोडेको विद्युतीय तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

Deep Jyoti Pustak psl
Loading...