गोदावरी-३ चुट्के बजारमा अटो दुर्घटना हुँँदा दुई जना घाइते

अत्तरिया : कैलालीको गोदावरीमा अटो दुर्घटना हुँँदा दुइ जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका-३ चुट्के बजारमा से १ ह १५३३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर अटो चालक ४० वर्षीय अर्जुन सुनार र अटोमा सवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी ३५ वर्षीया मानमती कार्की घाइते भएकी छन्। घाइते दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै गोदावरी नगरपालिका-११ कालकुलमा मनिष बिकले चलाएको से ६ प ८९८३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ५ वर्षीय बालक सम्राट बडैला घाइते भएका छन् ।

बालकको निधार र बायाँ खुट्टामा चोट लागेको छ । घाइते बालकको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...