डोटीमा कोदालो प्रहार गरी भाइले गरे दाईको हत्या

डोटी : डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाईको हत्या गरेका छन् ।

जिल्लाको जोरायल गाउँपालिका-६ डाँडागाउँ का ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेशबहादुर जोराको गरेका हत्या  हुन ।

सोमवार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाई गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कोदालो प्रहार गर्ने नरबहादुरलाई सोमवार नै पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Loading...