अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न तिन जना पक्राउ परेका छन् ।
गोदावरी नगपालिका वडा नम्बर-२ स्थीत दार्चुला सोहन होटलका संचालकसहित तिन जना पक्राउ परेका हुन् ।
मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले उक्त होटलबाट होटल संचालक महिला र २ पुरुष गरी ३ जनालाई पक्राउ गरेको हो ।
उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
