अत्तरिया : कैलालीको अत्तरियमा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः वेदप्रकाश पाण्डेय दोहोरिएका छन्।
शुक्रबार भएको पाँचौ अधिवेशनबाट पाण्डेय सर्वसम्मत अध्यक्षमा दोहोरिएका हुन । अधिवेशनले पाण्डेको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अधिकांश पुरानै अनुहारहरु दोहोरिएका छन ।

संस्थाको उपाध्यक्षमा जनक भट्टराई, सचिवमा निरज कार्कि र कोषाध्यक्षमा लक्ष्मी कुमारी भाट चयन भएकी छन । यसैगरी सदस्यहरुमा मिना देउवा, बालकृष्ण भट्टराई र गोबिन्द बि.क चयन भएका छन ।
अधिवेशनले सुरज कुमार थापाको संयोजकत्वमा लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यहरुमा शंकर बहादुर कुँवर र आशिष भट्टराई चयन भएका छन ।
