काठमाडौँ : देशभरिका सामुदायिक रेडियोको छाता सङ्गठन अकोराब नेपालको अध्यक्षमा पुनः अर्जुन गिरी निर्विरोध निर्वाचित भएका छन् ।
२८ गतेदेखि ललितपुरमा चलिरहेको १८औँ वार्षिक साधारण सभा तथा ८औं अधिवेशनबाट गिरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । गिरी अकोराबको निवर्तमान अध्यक्ष पनि हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, दलित उपाध्यक्षमा गोपाल बराइली, महासचिवमा वन्दना दनुवार, सचिवमा भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक सुबोधबाबु चिलुवालले जानकारी दिए ।
यस्तै प्रदेश समितिहरूका विभिन्न पदमा पनि पदाधिकारी निर्विरोध चयन भएका र निर्विराेध नभएका पदहरूमा निर्वाचनबाट चयन गरिने उनले बताए ।
बाँकी पदमा आज (आइतबार) दिउँसो १ बजेपछि निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ ।
