कञ्चनपुरको सडक छेउमा एक पुरुष मृत फेला

धनगढी : डडेल्धुराका एक पुरुष कञ्चनपुरको सडक छेउमा मृत फेला परेका छन्।

डडेल्धुराको आलीताल गाउँपालिका-७ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका-३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।

महरा कञ्चनपुरको बेदकोट नगरपालिका-३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...