कञ्चनपुर : कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका-४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका-११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो ।
माछा मार्ने क्रममा बुधबार बिहान डुबेर अशक्त भएका उनको भारतको भोजपुरास्थित अस्पतालमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
