कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु

धनगढी : कैलालीमा बसबाट लडेर सहचालकको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित सडकमा अछामबाट टिकापुरतर्फ जाँदै गरेको ना ६ ख ४५९१ नम्बरको बसबाट लडेर बसका सह-चालक अछामको चौरपाटी गाउँपालिका-१ का २५ वर्षीय ज्ञानु साउँदको बिहीवार मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Nabadurga Sunchadi
Loading...