बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु

दार्चुला : बैतडीको दोगडाकेदार गाउँपालिका-६ सित्तड सलेना भुलगाउँकी ३२ वर्षीया देवकी भुलको भिरबाट लडेर ज्यान गएको छ ।

बिहीबार स्थानीय लेक सलेना भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।

स्थानीय लोकेन्द्र गोयलाका अनुसार काटेको खर ओढारमा थुपार्नका लागि लैजाने क्रममा एक्कासि चिप्लेर भिरबाट करिब एक सय मिटर तल खस्दा देवकीको घटनास्थलमै मृत्यु भएको हो ।

Nabadurga Sunchadi
Loading...