सुदूरपश्चिमबाट ३७ जुवाडे एकैदिन पक्राउ

अत्तरिया : सुदूरपश्चिमबाट एकै दिन ३७ जुवाडे पक्राउ परेका छन । कैलालीको घोडाघोडी ९ जुवाडे र डडेल्धुराको गन्यापधुराबाट २८ जुवाडे पक्राउ परेका हुन ।

बिहिबार घोडाघोडी नगरपालिका-६ अस्नारा स्थित सहदेब भट्टको खाली कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा स्थानीय ३२ वर्षीय नेत्र साउद सहित ९ जना पक्राउ परेका छन ।

Dhangadhi_Tihar 2083

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट २६ हजार ४२० रुपैयाँ नगद र १ गड्डी तास बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतबाट ३२ वर्षीय दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा देउवा सहित २८ जना पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ४ लाख ४१ हजार ८६९ रुपैयाँ र १६ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ ।

Loading...