डोटीमा जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

डोटी : डोटीमा शनिबार जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउद रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार शिखर नगरपालिका-८ खुनस्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो रंगको बोलेरो जिपले सुपप्र०३००१ प०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार साउद गम्भीर घाइते भएका थिए ।

उपचारका लागि सुजङ अस्पताल राजपुर लगिएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । मोटरसाइकल चालक सिर्खोलीकै २७ वर्षका प्रकेश विकलाई थप उपचारको लागि धनगढी रिफर गरिएको र ठक्कर दिई फरार रहेको जिपको खोजतलास भइरहेको प्रहरीले बताएको छ ।

Loading...