पुर्वाधार सगैँ गुणस्तरिय शिक्षामा जोड दिनुपर्छ : सभापति देउवा

धनगढी : नेपाली काँग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्वाधार संगै शिक्षाको गुणस्तरमा जोड दिनु पर्ने बताएका छन् ।

आज कैलालीको गौरीगंगा नगरपालिका स्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले भौतिक संरचना संगै गुणस्तरिय शिक्षामा पनि जोड दिन आग्रह गरेका हुन् ।

पुर्वप्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई शिक्षामा अगाढी बढाउनु पर्ने यसका लागि आफू तयार रहेको बताएका छन् । उनले भने ‘म यहि ठाउँको मान्छे हु, यहाँका सबै समस्या थाहा छन, मैले सक्ने सहयोग गर्ने छु ।’

Dhangadhi_Tihar 2083

क्याम्पस संचालक समितिका अध्यक्ष दिनेश राज जोशीले क्याम्पसको सुरुवात भएको अब धेरै काम बाँकी रहेकाले सहयोग गर्न देउवालाई आग्रह गरेका छन् ।

यस्तै सभापति देउवाले धनगढी उपमहानगरपालिका १६ मा रहेको वेहेडावावा धार्मिक क्षेत्रमा पुगेर त्यहाँ पुजा तथा दर्शन समेत गरेका छन् । एक साता गृह जिल्ला डडेल्धुरा बसाइपछि काठमाण्डौँ फर्किन धनगढी पुगेका देउवाले बेहडाबाबा मन्दिरको दर्शन गरेका हुन् ।

कैलालीको गौरीगंगा नगरपालिका स्थित चौमाला बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन पछि बेहडाबाबा पुगेका देउवाले मन्दिरमा पुजा आर्चना समेत गरेका छन् ।

Loading...