कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका-९ शान्ति टोलका देव नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतवार दुर्घटना भएको थियो । स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तालालाई ठक्कर दिएको थियो ।

स्कुटर पल्टीदा चालक नाथ घाइते भएका थिए । चालक नाथको भारतमा उपचारको क्रममा सोमवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएकी पैदलयात्री दुर्गाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।

Deep Jyoti Pustak psl
Loading...