अत्तरिया : कैलालीको गोदावरीमा लागूऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका-८ फकलपुरमा लागूऔषध को कारोबार भइरहेको सूचना प्रहरीले प्राप्त गरेपछि शुक्रवार दिउसो एक जनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निर्मल चौधरीलाई १ ग्राम ५० मिलिग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।