कञ्चनपुर : कञ्चनपुरमा विप्लप कार्यकर्ता सवार बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो ।
धनगढीमा नेत्रविक्रम चन्द (विप्लप) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर फर्कदै गर्दा बस दुर्घटना भएको हो । दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन् ।
२ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । घाइतेहरुलाई उपचारका लागि अत्तरिया पठाइएको उनले बताए । घटनाको विषयमा विस्तृत विवरण आउन भने बाँकी नै छ ।