कैलालीमा दुई युवती मृत फेला

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवती मृत फेला परेका छन ।

आइतबार घोडाघोडी नगरपालिका-७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा र घोडाघोडी नगरपालिका-५ वनखेत बस्ने २१ वर्षीय सबिता चौधरी मृत फेला परेका हुन ।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउँदले दुवै युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको बताए ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...