धनगढी : नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।
बिहीवार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो । सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो । काठमान्डुका लागि स्टीफन एस्किनाजीले ३७ रन बनाए ।
सुमित महर्जनले १४, गेर्हार्ड इरास्मसले १० र भीम सार्कीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि नरेन साउदले ५ विकेट लिए । अविनाश बोहराले २, तथा सैफ जैब र ब्राण्डन म्याकमुलनले १-१ विकेट लिए। यसअघि सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे। ओपनर विनोद भण्डारीले ३५ र सैफ जैबले ११ रन बनाए। रोहन मुस्तफा भने ४ रनमा आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी ४३ रनमा आउट भए। उनले ३ चौका र २ छक्का प्रहार गरे।
