गोदावरीका एक युवकको जाजरकोट जिप दुर्घटनामा मृत्यु

अत्तरिया : जाजरकोटमा जिप दुर्घटना हुँदा कैलालीको गोदावरीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका-४ बुढीतोलाका अन्दाजी २४ वर्षीय मनोज केसी रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले बताए ।

प्रहरीका अनुसार मृतक केसी मध्यपहाडी लोकमार्गमा कार्यरत थिए । उनी हाल भेरी नगरपालिका-७ बस्दै आएका थिए । दुर्घटनामा सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमालको पनि मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

गएराती मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका-१० नुवागाउँ नजिकै प्रदेश ३-०१-०२३ च ४७११ नम्बरको जिप दुर्घटना भएको थियो । कार्कीगाउँबाट जतिपुरतर्फ जाँदै गरेको उक्त जिप सडकबाट ७ सय मिटर तल खसेको थियो ।

Deep Jyoti Pustak psl
Loading...