अत्तरियाको एक होटेलबाट ३ युवायुवती पक्राउ

अत्तरिया : कैलालीको अत्तरिया स्थित एक होटेलबाट अनैतिक कृयाकलापमा संलग्न ३ युवायुवती पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-२ पहाडरोडस्थित चुरे निगाली होटेलबाट अनैतिक कृयाकलापमा संलग्न होटेल सञ्चालकसहित युवायुवती पक्राउ परेका हुन् ।

होटेलमा अनैतिक कृयाकलाप भइरहेको भन्ने विशेष सूचनाका आधारमा बुधबार राति साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले उक्त होटेलबाट सञ्चालकसहित १ महिला र १ पुरुष गरी ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...