एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमिगर लिग (एनपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि ४५ रनको जित दर्ता गरेको हो ।

सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर र दोस्रोमा काठमाडौं गुर्खाजलाई पराजित गरेको थियो । तर, यता लगातार तेस्रो हार व्यहोरेको लुम्बिनी थप दबाबमा परेको छ । पहिलो खेलमा विराटनगर किंग्ससँग हारेको लुम्बिनीले पोखरा एभेन्जर्ससँगको खेल पनि गुमाएको थियो ।

सुदूरपश्चिमले जितका लागि दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो ।

Deep Jyoti Pustak psl
Loading...