बैतडीमा रामलीला महोत्सव सञ्चालन हुने

अत्तरिया : बैतडीमा रामलीला महोत्सव सञ्चालन हुने भएको छ ।

दशरथचन्द नगरपालिका ६ स्थित कालिका माविको प्रांगणमा शुक्रबारदेखि रामलीला महोत्सवको आयोजना हुन लागेको हो ।

कालिका सांस्कृतिक समाज थालिगडाले हरेक बर्ष महोत्सवको आयोजना गर्दै आएको समाजका अध्यक्ष कर्णबहादुर चन्दले बताए ।

भगवान रामचन्द्रको जीवनगाथा आधारित रामलीला नाटकको गणेश पूजनसहित शुक्रबार उद्दघाटन गर्ने कार्यक्रम रहेको छ ।

१३ दिन सम्म सञ्चालन हुने रामलीला महोत्सवको तयारी पूरा भएको अध्यक्ष चन्दले बताए ।

Loading...