अत्तरिया : अछामको एक पसलमा आगलागी भएको छ।
जिल्लाको रामारोशन गाउँपालिका–३ धामीबाडाका ललित जंग खत्रीको पसलमा बिहीबार साँझ आगलागी भएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने खुलेको छैन।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।