अत्तरिया : एफएम रेडियोमा कार्यरत पत्रकारहरुको क्षमता विकास सम्बन्धी डडेल्धुरामा दुई दिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको आयोजना तथा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कार्यक्रम सुरु भएको हो ।
पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहको अध्यक्षतामा आयोजित औपचारिक कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की रहेका छन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.तारा जोशि बिशिष्ट अतिथि रहेका छन् ।
दुईदिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक डा.रघु मैनाली रहेका छन् । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका विभिन्न एफएमका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
