सुदूरपश्चिमका मुख्यमन्त्री र गभर्नरबिच भेटवार्ता

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेलबिच आज भेटवार्ता भएको छ।

बालुवाटारमा भएको भेटवार्ताको क्रममा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।

प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ। सो सम्मेलनको सन्दर्भ पारेर मुख्यमन्त्री शाहसहितको सुदूरपश्चिम प्रदेश सरकारको टोली काठमाडौँ छ।

Deep Jyoti Pustak psl
Loading...