सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत

काठमाडौँ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

बिहीवार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । फेसबुक, युट्युब, एक्ससहित २६ वटा सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले पछिल्लोपटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो । उक्त गतराति १२ बजे नै सकिएको छ। सरकारले भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको म्याद दिएर सामाजिक सञ्जाललाई सूचीकरणका लागि समय दिएको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना जारी गरेको थियो ।

अहिलेसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन्। सर्वोच्च अदालतले पनि सूचीकृत नभएका सामाजिक सञ्जाल, ब्राउजरबाट विज्ञापनसहित प्रशारण हुने सामग्रीमाथि बन्देज लगाउन परमादेश जारी गरेको थियो ।

Loading...