कञ्चनपुरमा अवैध सामान बरामद

अत्तरिया : कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।

शनिवार बेलौरी नगरपालिका – १ खल्ला र पुनर्वास नगरपालिका – ८ कंकडबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३२ हजार ८ सय मूल्य बराबरका सामान बरामद गरिएको हो ।

जसअन्तर्गत पेय पदार्थ, बोइलर कुखुरा, माछा लगायतका सामानहरू रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सबै सामान बेवारिसे अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

Loading...