सामाजिक सञ्जाल सम्बन्धी निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्रीलाई देउवाको फोन

काठमाडौं : सामाजिक सञ्जाललाई निष्क्रिय गराउने सरकारको निर्णय तत्काल फिर्ता लिन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

कांग्रेसको पदाधिकारी बैठकबाटै देउवाले ओलीलाई फोन गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । उनका अनुसार पार्टीको निर्णयका सम्बन्धमा सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेका थिए ।

पार्टीको निर्णय जानकारी गराउँदै फिर्ता लिन आग्रह गरेको उनले बताए ।

Loading...