कञ्चनपुरमा कर्फ्यु हटयो, सार्वजनिक यातायात सञ्चालनमा

कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु आदेश हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु आदेश हटाइएको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९१० र ६९३० बमोजिम लगाइएको निषेधाज्ञा भने आज बिहान ५ः०० बजेसम्मका जारी रहेको थियो। शनिवार दिउँसोदेखि बन्द अवस्थामा रहेको जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन्।

Loading...