कञ्चनपुर कारागारबाट भागेका एक कैदी घरमै मृत फेला

धनगढी : कञ्चनपुर कारागारबाट भागेका एक कैदी घरमा मृत भेटिएका छन्। जेन जी आन्दोलनका क्रममा भागेका जिल्ला बेलडाँडी गाउँपालिका–१ का २७ वर्षीय पदमराज भट्ट घरमा मृत भेटिएका हुन्।

लागु औषध मुद्दामा भट्ट दुई वर्षदेखि कारागारमा सजाय काटि रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले शनिवार भट्ट घरमै मृत फेला परेको बताए। भट्ट ओछ्यानमै सुतेको अवस्थामा मृत भेटिएका हुन्।

प्रवक्ता बोहराका अनुसार अदालतले भट्टलाई लागु औषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो। आन्दोलनकारी कारागार प्रवेश गरेपछि कारागारका चार सय ७९ मध्ये अधिकांश कैदीबन्दी भागेका थिए। भदौ २४ गते साँझ कैदीबन्दीहरू कारागारबाट भागेका हुन्।

Deep Jyoti Pustak psl
Loading...