कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुर : कञ्चनपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

जिल्लाको लालझाडी गाउँपालिका–३ डुङ्गा बस्ने शंकर सिंह खबीको घरको एक तले चार कोठे कच्ची गोठमा अपराह्न सवा तीन बजेतिर बिजुलीको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार गोठमा रहेका ५ वटा बाख्रा, १ वटा भैँसी र १ वटा भैँसीको पाडा आगोमा जली घाइते भएका छन्। साथै, गोठमा भण्डार गरिएका ३ क्विन्टल गहुँ, २ क्विन्टल पशु आहार, र ३ ट्राली भुसा समेत पूर्ण रूपमा नष्ट भएका छन्।

प्रारम्भिक अनुमानअनुसार आगलागीबाट ५ लाख ५० हजार बराबरको सम्पत्ति नोक्सान भएको छ। घटना भएको ठाउँमा प्रहरी पुगेको र दमकल र स्थानीयहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...