कञ्चनपुरमा एक पसलबाट १२ जुवाडे पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

मंगलबार राती प्रहरीले भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित लक्ष्मी चन्दको पसलमा जुवातास खेलिरहेका उनीहरू पक्राउ गरेको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ का २५ वर्षीय घनश्याम जोशी सहित १२ जना रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरुको साथबाट नगद १ लाख १५ हजार ६ सय १५ रुपैयाँ र २ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...