अनेरास्ववियुले कञ्चनपुरमा पनि दियो बालेन र सुधनविरुद्ध जाहेरी

कञ्चनपुर : नेकपा एमालेनिकट अनेरास्ववियुले कञ्चनपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल (एनजिओ)का संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ ।

गत २४ भदौ जेन–जी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड एवं आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो । अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय कार्यक्रमअनुरूप जिल्लाबाटै उजुरी दिएको बताए ।

संयोजक थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन र एनजिओकर्मी सुदन नै मुख्य योजनाकार भएकाले कानुनअनुरूप कारबाही गर्नुपर्ने बताए । बालेन र सुदनविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७ दफा, १७८ दफा, २४४ दफा २८५ (२)को उपदफा (क) बमोजिम जाहेरी दिएको छ ।

यसअघि अनेरास्ववियुले कैलालीबाट पनि बालेन र सुधन विरुद्ध उजुरी दिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...