कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया प्रतिमा रावलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय मोटरबाट नुहाउने क्रममा करेन्ट लाग्दा रावलको मृत्यु भएको हो ।
करेन्ट लागेको थाहा पाएपछि तत्कालै उद्धार गरी उपचारका लागि आफन्त र प्रहरीको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।
