कञ्चनपुरमा ७ जुवाडे पक्राउ

धनगढी : कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकीटोल बस्ने भाष्कर भट्टले संचालन गरेको चिया नास्ता पसलमा जुवातास खेली रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो।

उनीहरुलाई १४ हजार छ सय पैतिस रुपैँया र १ गड्डि ताससहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...