बझाङमा करेन्ट लागेर कञ्चनपुरका २० वर्षीय युवकको मृत्यु

बझाङ : बझाङमा करेन्ट लागेर कञ्चनपुरका एक युवकको मृत्यु भएको छ।

बझाङको जयपृथ्वी नगरपालिका–३ पानकोटमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ घर भई विद्युत सम्बन्धि काम गर्ने २० वर्षीय अनिल रानाको सोमवार मृत्यु भएको हो।

रानालाई विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागेर घाईते भएका थिए।

उनलाई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Dhn Upa. Dashain 2082
Loading...