काठमाडौँ : नेकपा एमालेको ११ औँ महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्न प्रस्ताव गरिएको छ।
बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्।
ओलीको प्रस्तावमाथि छलफल गरेर केन्द्रीय कमिटीले निर्णय गर्नेछ। ओलीले पार्टीको नेतृत्व छाड्नुपर्ने दबाब बढिरहेका बेला उनले भने कसैले फेसबुकमा लेख्दैमा पद नछाड्ने बताएका छन्।
केन्द्रीय कमिटी र महाधिवेशनले निर्णय गरेको खण्डमा मात्रै आफूले पद छाड्ने उनले बताएका हुन्।
