कञ्चनपुरको बेलौरीबाट अवैंध माछा बरामद

कञ्चनपुर : कञ्चनपुर बेलौरीबाट अवैंध माछा बरामद गरिएको छ।

बेलौरी नगरपालिका–६ भुराकोटबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १७ हजार ५ सय मुल्य बराबरको माछा बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी माछा बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ।

Loading...