बैतडीमा ‘सिगास युवा क्लब’ गठन, अध्यक्षमा हेमन्ती

बैतडी : बैतडीको सिगास गाउँपालिकामा “सिगास युवा क्लब” औपचारिक रूपमा गठन गरिएको छ ।

कात्तिक २ गते सिगास गाउँपालिकाको सदरमुकाममा सम्पन्न भव्य युवा भेलाबाट क्लबको अध्यक्षमा सिगास –२ की हेमन्ती धामीलाई सर्वसम्मत रूपमा चयन गरिएको हो । क्लबको उपाध्यक्षमा भुपेन्द्र सिंह साउद, सचिवमा गणेश धामी, सह–सचिवमा हिमाल धामी र कोषाध्यक्षमा दिनेश धामी चयन भएका छन् ।

यस्तै सदस्यहरूमा जनार्दन साउद, विनोद साउद, विकास धामी, प्रकाश सिंह साउद, विरेन्द्र सिंह धामी, डम्बर बहादुर धामी, आदित्य क्षेत्री, विवश धामी, दिनेश सिंह धामी, गणेश बोहरा, पदम धामी, दिपक बोहरा, विरेन्द्र धामी, लक्ष्मी साउद, सविता धामी र बसन्ती विश्वकर्मा रहेका छन् ।

क्लबका उपाध्यक्ष साउदका अनुसार सिगासका सबै युवालाई एउटै प्लेटफर्ममा ल्याएर साझा क्लब गठन हुनु सिगासकै गौरवको विषय बनेको छ । उहाँले “यो क्लबले युवाबीच एकता, सहकार्य र नेतृत्व विकासमा नयाँ उर्जा प्रवाह गर्नेछ,” भन्ने विश्वास व्यक्त गर्नुभयो ।

कुल २१ जना पदाधिकारी चयन गरिएको उपाध्यक्ष साउदले जानकारी दिनुभयो । भेला तयारीका क्रममा स्थानीय युवा प्रकाश सिंह साउद, दिपक बोहरा र गणेश धामी लगायतका युवाहरू सक्रिय रहेका थिए । भेलामा सहभागी युवाहरूले सामाजिक, शैक्षिक र विकासका क्षेत्रमा क्लबमार्फत अग्रसर हुने प्रतिबद्धता जनाएका छन् ।

Deep Jyoti Pustak psl
Loading...