कञ्चनपुरबाट ५ गड्डी तास र नगदसहित ७ जना जुवाडे पक्राउ

धनगढी : कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ परेका छन्।

गएराति १२ः४५ बजे भीमदत्त नगरपालिका–१८ पुष्पलालचोक बस्ने प्रदिप चन्दको पसलमा जुवातास भई रहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय महेन्द्रनगरवाट प्रहरी टोली खटिएको प्रहरीले ७ जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई ५ गड्डी तास र नगद ४१ हजार ९७५ रुपैँयासहित पक्राउ गरि आवश्यक अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...