बैतडीको शिवनाथ गाउँपालिकामा जात्राका लागि चार दिन सार्वजनिक बिदा

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ।

शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। गाउँपालिकाको आजको अध्यक्षस्तरीय निर्णयले यही कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो।

कात्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ। जात्रामा स्थानीयको सहभागिता दृष्टिगत गरेर स्थानीय सार्वजनिक बिदा दिइएको जनाएको छ।

शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु पुग्ने गर्दछन्। शिवनाथ मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गरेको छ।

Deep Jyoti Pustak psl
Loading...