अत्तरिया : बझाङमा बस र जिप आपसमा ठोकिएका छन्।
खोड्पे–बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका वडा नम्बर ४ बाग्थलामा बस र जिप आपसमा ठोक्किएका हुन्।
बझाङबाट धनगढीका लागि छुटेको कर्णाली रिभर साइड यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३६१३ नम्बरको जजिप सोमवार अपराह्न बाग्थला अस्थाइ प्रहरी चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएका प्रहरीले बताएको छ।
दुर्घटनामा मानवीय क्षति नभएको बझाङ प्रहरी प्रमुख भरत शाहले बताएका छन बस र जिप दुबैको अगाडीको भागमा क्षति भएको छ।
दुवै जना चालकलाई अस्थाई ट्राफिक चेक पोस्ट बाग्थलाले नियन्त्रणमा लिएको छ।
